नरेन्द्र महतो गौशाला २३ माघ । महोत्तरी जिल्लाका सम्सी सडकखण्ड अन्तर्गत औरही नगरपालिका–४ स्थित कठुधार नजिक भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
बुधवार राति कठुधार चेकपोस्ट नजिकै भएको मोटरसाईकल दुर्घटनामा परि स्थानिय २२ बर्षिय उमेश यादवको मृत्यु भएको हो ।सवारी दुर्घटनामा परि गम्भीर घाईते भएका उमेशको उपचारका लागि जनकपुरतर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक प्रकाश रेग्मीले जनाए ।
रेग्मीले दिएको जानकारी अनुसार यादवले चलाउदै आएको वी आर ३० ई ७६९९ नम्बरको मोटरसाईकल वाटोको छेउमा रोकिराखेको ज १ त ९१९९ नम्बरको उखु लोड गरिएको टयाक्टरसँग ठोक्किदा सो दुर्घटना भएको हो ।
टयाक्टर अहिले प्रहरीको नियन्त्रणमा रहेको छ भने शव पोष्टमार्डमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
