नरेन्द्र महतो गौशाला २३ माघ । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा न. ७ सुन्दरपुर अन्तर्गत रहेको मैन टोलामा श्री दलित उत्थान प्राथमिक विधालयमा विधार्थीहरु भुईमा बसेर अध्यन गर्दै आईरहेको छ ।विधालयको रजिष्ट्रमा११२ जना विधार्थीहरुको नाम दर्ता भए पनि बीस पचिस जना विधार्थीहरु मात्र सधै अध्यन गर्न आउने गरेको छ ।
विधालयमा विगतमा खाजाको व्यवस्था भएकोले विधार्थीहरु अध्यन गर्ने आउने गर्थ्यो तरअहिले विधार्थीको लागि खाने पानिको व्यवस्था नभएको र शौचालय भए पनि पानिको कारण सफा सुधर नभएर झिर्ण अवस्था रहेको, खाजाको रकम गाउँपालिकाले उपलब्ध नगराएको कारण वालवालिका खाजा खान बाट बन्चित भएर विधालय आउने छोडेको विधालयका प्रधान ध्यापक राम स्नेही ठाकुरले जनाए । यो सबै समस्या बारेमा पटक पटक वडा अध्यक्ष महेश यादव लगायत गाउँपालिकाको अध्यक्ष राज कुमार यादवलाई जानकारी गराए पनि ध्यान नदिएकोमा ठाकुरले दुःख व्यक्त गरे ।
कक्षा तीन सम्म रहेको विधालयमा स्थाई दरबन्दी एउटा पनि नरहेको भए पनि विधालयमा पाँच शिक्षक हुनु पर्नेमा चार जना शिक्षक मध्ये शिक्षण सहयोगि वाट दुई जना र बालविकास बाट दुई जना शिक्षक रहेका छन।
दलित बस्ति भएको कारण शिक्षा बाट कोई वालवालिक बन्चित नहोस भनेर नेपाल सरकारले २०६४ सालमा विधालयको स्थापना गरेको छ । अहिले दुई वटा भवन मात्र रहेकोले कक्षा संचालन गर्न निकै समस्या आउने भएको ठाकुरले जनाए ।
विधालयको व्यवस्थापन समितिको अध्यक्ष र प्र.अ. सँग छलफल गरेर त्रुटिहरुलाई आत्मसात गरि अगामि दिनहरुमा विधालय भएको कमि कमजोरिलाई पूरा गर्ने सोनमा गाउँपालिका वडा न.२ को वडा अध्यक्ष तथा प्रवक्ता अशोक कुमार यादव बताए
