प्रदेश २ · समाचार

डि जे को साउन्डले गौशाला नगरपालिका आतंकित

नरेन्द्र महतो गौशाला २१ माघ ।  महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा डि जे को साउन्डले अतांक मच्चाएका छन ।

प्रत्येक वर्ष झै यस वर्ष पनि विवाह वर्धक तथा उत्साह जस्तो कार्यक्रममा डि जे अनिवार्य रुपममा प्रयोग गरेको हुनाले जसको असर वृद्ध, वृद्धा महीला, ससना नानि, विधार्थी तथा हर्टको विरामी लगायत आम सर्वसधारणहरुमा पर्न गईरहेका छन ।

यदि डि जे बन्द भएन भने आउने दिनहरुमा प्रत्येक घरमा हर्टको विरामी जन्म लिने छन जसले गर्दा घर परिवार तहस नहस हुनेछ गौशालाका चिकित्सक लगायत स्वास्थ्य कर्मीहरुले बताए । डि जे मनोरञ्जनको नाममा धेरै खतरानाक रहेको छ यसलाई विज्ञापन तथा सडक नाटकको माध्यमले नगरपालिकाले सचेतना जस्ता कार्यक्रम निरन्त्रर संचालन गरेर नियन्त्रणमा ल्याउन सकिन्छ ।

डि जे वन्दको लाई नगरपालिका लगायत वडाका प्रतिनिधि र स्थानिय राजनितिक कर्मीहरुले निगरानि गरे मात्र सफलहुने शिक्षा विद्वहरुको सल्लाह छ । तर सब थोक नगरपालिकाले नै गरि दिन्छ सोच राख्नु पनि गल्त हो मनोरन्जनको नाउँमा घर परिवार र वालवालिकाको स्वास्थ्यमा असर पर्न सक्छ भने घरपरिवारको व्यक्तिहरुलाई स्वयमले बुझेको खण्डमा डि जे बन्द गर्नमा कुनै ठुलो समस्या नहुने समाजसेविहरुले बताए।

जब सम्म आफु अगाडि बढेर आउँदैन तब सम्म कुनै गल्त कार्य बन्द हुने छैन । नगरपालिका बाट डि जे बन्द गर्ने विभिन्न माध्यम बाट जानकारी गराए पनि अनुगमन फितलो भएको कारण बन्द हुन नसकेको वडा न. २ निगौल बस्ने राम प्रताप भग्तले बताए ।

नियय कानुन मात्र लगाएर हुँदैन वडा वडामा निगरानि नगरे सम्म डि जे को आतंक बन्द नहुने भग्तले जनाए तसर्थ यसमा सबैले गम्भीर भएर सोच्नु अति आबश्यक रहेको छ ।

शहरको देखा सिक्कि गरेर गाउँमा पनि डे जे को साउन्डले आतंक मचाईरहेका छन तसर्थ जब सम्म शहरहरुमा पुर्ण रुपले बन्द नभए सम्म गाउँघर बन्द गर्नु गाह्रो छ यसलाई शहर वाट बन्द गरे आप से आप बन्द हुने गाउँका युवा तथा वुढा पखाहरुले बताए ।

नगरपालिका र प्रशासनले जब ठुला कदम चालिदैन तब सम्म डि जे लाई बन्द गर्न असम्भव रहेको छ किन भने कुनै व्यक्तिले गराएमा त्यसको असर उ व्यक्ति माथि पर्न सक्छ तसर्थ नगरपालिकाले काडा भन्दा काडा कानुन बनाएर बन्द गर्नु अति आवश्यक रहेको गाउँलेहरुले बताए । दुर्घटना हुनु भन्दा पहिला रोक्नु नगरपालिकाको परम कर्तव्य हो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।