समाचार

रौतहट , गोठमा लागेको आगोबाट करिब ८ लाखको क्षति

गौर ६ माघ  । रौतहटको पोठियाहीमा आइतबार राति आगलागी भएको छ ।

आगलागीबाट गरुडा नगरपालिका-६ पोठियाही बस्ने रामजनम राय यादव र मेहिलाल राय यादवको गोठ जलेर क्षति भएको छ । आगलागीबाट करिब ७ लाख ८५ हजार मूल्य बराबरको क्षति भएको छ ।

रामजनम राय यादवको गोठमा लागेको आगो मेहिलालको गोठमा समेत फैलिएपछि दुबै जनाको गोठ जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीबासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।