आरोहण शाह, वीरगंञ्ज २३ मंसिर । वीरगंञ्जको मुख्य सडक २५÷२५ मिटर नतोड्न सर्वोच्च अदालत ५ पटक म्याद थपेकोमा त्यस भित्र ठुलो आर्थिक चलखेल भइरहेकोले वीरगञ्ंजमा प्रर्दशन गरेको छ ।

वीरगञ्ंज बिकाश युवा संर्घष समितीले आज वीरगंञ्ज महानगरपालिकाको कार्यलय घेराउ गरेको थियो । वीरगञ्ंजमा प्रर्दशन गरेको छ । सडक बिस्तारमा षडयन्त्र भएको भन्दै समितीले आज सोमबार वीरगञ्ंजमा प्रर्दशन गरेको छ । समितीका अध्यक्ष अकलेश साहको नेतृत्वमा वीरगंज घण्टाघरबाट शुरु भएको ¥याली वीरगंज महानगरपालिकाको कार्यलयमा पुगी धर्नामा परिणत भएको थियो ।
प्रर्दशनको क्रममा वीरगंज महानगरपालिकाको मुख्य गेटमा केहिबेर तनाव समेत भएको थियो । प्रर्दशनकारीहरु लाई मेयर बिजय सरावगीले समय नदिदा थप आक्रोशित हुदै प्रर्दशनकारीहरुले मेयर बिरुद्ध चर्को नारावाजी गर्दै राजिनामाको माँग समेत गरेका थिए ।
प्रर्दशनमा संर्घष समितीका महमुद अंसारी,रंजित चौरसिया, बिवेक साह,संदिप साह, रोमी साह, मुना मियाँ तेली,राकेश पटेल,धर्मेन्द्र पटेल, सदाम हुसेन, कलिम अंसारी, कलाम शेख रसमुदिन मंसुरी,दिपेन्द्र साह,दिनेश कुमार यादवशुभनारायण ठाकुर लगायतको सहभागिता रहेको थियो ।
