सचिता सिहं थारु लाहान १५ मंसिर । सिरहाको धनगढीमाई नगरपालिका-९ मुसहर्नियामा को. १० प ५४१, ज. ८ प ६९१६, स. १ प ३९७० र स. ४ प ४४७ नम्बरको समेत ४ वटा मोटरसाइकल शनिबार साँझ एक-आपसमा ठक्कर खाई दुर्घटना हुँदा स.१ प ३९७० नम्बरको मोटरसाइकल चालक गोलबजार नगरपालिका-८ बस्ने ३४ वर्षीय बिजेन्द्र साफीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका साफीलाई उपचारको लागि आरके मेडिसिटी अस्पताल मुसहर्निया लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ६ जनाको उपचार भइरहेको छ । ४ वटै मोटरसाइकलहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।