प्रदेश २ · समाचार

बसरुद्धिन अन्सारीलाई पक्राउ माग गर्दै वीरगञ्जमा प्रदर्शन

आरोहण शाह बीरगञ्ंज ९ मंसीर । नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीलाई पक्राउ गर्न माग गर्दै वीरगञ्जमा प्रदर्शन गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको जनसंगठन अनेरास्ववियूले नेशनल मेकिल कलेज बीरगंञ्जका प्रवन्ध निर्देशक बसरुदिन अन्सारीलाई पक्राउ गर्नमाँग गर्दै बीरंगजमा प्रर्दशन गरेका छन ।
आन्दोलनरत छात्राहरु माथि अशब्द प्रयोग गर्दै अभद्र व्यवहार समेत गर्ने र धम्काउँदै तिमिहरु कोठामा हिन के के हुन्छ देखाई दिन्छु भन्दै धम्की समेत दिएका छन । राती राती पनि कलेजका व्यवस्थापन पक्षले विद्यार्थीमाथि कुटपिट गर्दै ज्यान मार्ने धम्की समेत दिने काम कलेजका तर्फबाट भएकोले अन्सारी झनै आलोचीत हुदै गएका छन ।

नेशनल मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताका मााग लिएर आन्दोलनमा उत्रिएका बिद्यार्थीलाई कलेजका सिनियर बिद्यार्थी कर्मचारी र बाहिरका मान्छे समेत लगाएर कुटपीट गर्न लगाएको मार्ने सममको धम्की दिएर बिद्यार्थीलाई मानसिक तनाव दिएकोले उनलाई गिरफतार गर्न माँग गरेको बताउछन अनेरास्ववियूका नेता मितर देव यादवले ।
अनेरास्ववियूको केन्द्रीय नेतासमेत सहभागी विरोर्ध याली घण्टाघरमा सुरु भई बजार परिक्रमा गर्दै भेडियारीस्थित नेशनल मेडिकल कलेज घेराउ गर्न पुगेको थियो । उनीहरुले बसरुद्धिनलाई पक्राउ गर लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
प्रधानमंत्री के.पी.ओलीसंग राम्रो सम्बन्ध भएका कारण पनि अन्सारी बिवादमा तानिएका छन । सरकारले बिद्यार्थीहरुसंग लिएको अतिरिक्त शुल्क फिर्ता दिन निर्देशन दिएपनि कलेजहरुले पैसा फिर्ता नगरेपछि बिद्यार्थीहरुले आन्दोलन चर्काएका छन । मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि अन्सारीकै संलग्नतामा कुटपिट भएको भन्दै अनेरास्ववियूले पक्राउ गरनुसगै मागसगै बसरुदिन अन्सारीको सम्वती सुधिकारण माग गरेको छ । माग पुरा हुदैन भने काड आन्दोलन गरने चेताउनी दिन्छ अनेरास्ववियूका नेता सुदेश प्रजुलीले ।
गत शुक्रबार प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजको छात्रवास प्रवेशका क्रममा कुटपीट भएको थियो । त्यही घटनाको बिरोधमा अनेरास्ववियूले आज प्र्दशन गरेको हो । अनेरास्ववियू ,नेपाल बिद्यार्थी संघ र समाजवादी पार्टी निकटको बिधार्थी संगठ नेशन मेडिकल कलेजको बिरुद्ध आन्दोलनमा उत्रिएका छन । अनेरास्ववियूको केन्द्रीय नेतासमेत सहभागी विरोर्ध याली घण्टाघरमा सुरु भई बजार परिक्रमा गर्दै नेशनल मेडिकल कलेर्ज पुगरे धर्ना दिऐका थियो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।