शम्भु चौधरी लहान ५ कार्तिक । पछिल्लो समय पैसा दोब्बर बनाइदिने भन्दै सर्वसाधारणलाई प्रलोभनमा पार्ने गिरोहको गतिविधि बढ्दै गएको छ। छोटो समयमै लगानी गरेको रकम दोब्बर वा तेब्बर फिर्ता दिने आश्वासन दिएर सर्वसाधारणलाई ठगी गर्ने प्रयास भइरहेको भन्दै चिन्ता बढेको छ।
पैसा डब्बल ठगी प्रकरणमा पीडितको न्याय कहाँ अडकिया,े पुराणा उजुरीको निष्पक्ष अनुसन्धान,रकम फिर्ता र दोसी माथि कानुनी कारवाहीको माग गर्दै सप्तरीको सुरुगाँ नगरपालिका ४ कदमाहा चौकमा शुक्रवार पत्रकार सम्मेलन गरी यस्ता प्रकरणहरुमा मुछिएका पीडितहरुको माग ततकाल पुरा गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।
यस्ता गिरोहले सुरुमा थोरै रकम लगानी गर्न लगाउने र विश्वास जित्न केही व्यक्तिलाई नाफासहित रकम फिर्ता दिने गरेको बताइन्छ। त्यसपछि ठूलो रकम लगानी गर्न दबाब दिने र रकम संकलन भएपछि सम्पर्कविहीन हुने जोखिम रहन्छ।
विशेषगरी आर्थिक अवस्था कमजोर भएका, छिटो पैसा कमाउने चाहना राखेका तथा वित्तीय कारोबारबारे पर्याप्त जानकारी नभएका व्यक्तिहरू यस्ता प्रलोभनमा पर्न सक्ने देखिन्छ। सामाजिक सञ्जाल, फोन सम्पर्क तथा व्यक्तिगत चिनजानलाई माध्यम बनाएर पनि यस्ता गतिविधि हुन सक्ने भएकाले नागरिक सचेत हुन आवश्यक छ।
सम्मेलनमा सप्तरी, सिरहा, उदयपुर र सुनसरी लगायतका पीडितहरु सहभागी भएका थिए । पीडितहरु आफ्नो दुखेसो पोख्दै ठगिमा परेका रकम व्यवस्थापनका लागि सम्बन्धित पक्षलाई अनुरोध गरेका छन् । रकम व्यवस्थापन नभएको खण्डमा हामी आत्महत्या तथा शरिरमा आगजनी गर्ने एक पीडित सन्तोष कुमार चौधरी कलवारले चेतावनी दिएका छन् ।
विशेषज्ञहरूका अनुसार छोटो समयमै पैसा दोब्बर बनाइदिने ग्यारेन्टी गर्ने योजनाप्रति सजग रहनुपर्छ। कुनै पनि योजनामा रकम लगानी गर्नुअघि त्यसको आधिकारिकता, कानुनी अवस्था र विश्वसनीयताबारे बुझ्न आवश्यक छ।
धनगढीमाई नगरपालिका २ सिरहाका नागेश्वर पाशवानसँग रु. ५० लाख, सुरुगाँ नगरपालिका ४ कदमाहा सप्तरीका सन्ताष कुमार चौधरी कलवारसँग रु. ५० लाख, खडक नगरपालिका ३ कञ्चिरा सप्तरीका धरमेन्द्र चौधरीसँग रु. ६५ लाख, खडक नगरपालिका ११ वनौली सप्तरीका विजय कुमार रजकसँग २ लाख ५० हजार, सुरुगाँ नगरपालिका ४ मधुपट्टी सप्तरीका मुकेश चौधरीसँग ४० लाख, र सुरुगाँ नगरपालिका ४ मधुट्टी सप्तरीका अरुण कुमार चौधरीसँग रु. ५० लाख गरी सैयौ व्यक्तिहरुसँग पैसा डब्बल बनाइदिने प्रलोभनमा पारी ठगि गरेको पीडित धरमेन्द्र चौधरीले बताए ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार यस पैसा डब्बल बनाइ दिने प्रकरणमा गिरोह मध्येका राम बहादुर रजकलाई पक्राउ गरि कानुन बमोजिम कारबाही भइरहेको बताए । बाँकी गिरोहलाई उजुरीको आधारमा पक्राउ गरी कानुनको दायरामा ल्याउने तथा यस्ता सम्बेदनसिल विषयमा प्रहरी प्रशासन एक रती पनि चुक नहुने बताए ।
सर्वसाधारणलाई आग्रह मेहनतले कमाएको रकम क्षणभरको प्रलोभनमा नफसाएर सुरक्षित राखौँ। पैसा दोब्बर बनाइदिने आश्वासन दिने व्यक्तिको विश्वासमा पर्नुअघि राम्रोसँग बुझौँ र शंकास्पद गतिविधि देखिएमा सम्बन्धित प्रहरी निकायमा जानकारी गराऔँ।

