शम्भु चौधरी,लहान ५ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै मधेस प्रदेश स्तरीय बुद्धिचाल छनोट प्रतियोगिता सिरहाको लहानमा शुक्रबार सम्पन्न भएको छ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि योग्य खेलाडी छनोट गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा खेलाडीहरूले आफ्नो खेल कौशल प्रदर्शन गर्नेछन्। प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुनेछन्।
प्रदेशस्तरमा बुद्धिचाल खेलको विकास, विस्तार तथा प्रतिभावान खेलाडीको पहिचान गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा मधेस प्रदेशका आठवटै जिल्लाबाट आएका बुद्धिचाल खेलका प्रशिक्षक, कोच तथा खेलाडीहरूको सहभागिता रहेको छ।

सहभागी आठ ओटै जिल्लाबाट महिला तर्फ स्नेहा यादव धनुषा प्रथम, सनम श्रेष्ट पर्सा द्धितिय, आफिून खातुन पर्सा तृतिय गरी जम्मा ६ जना र पुरुष तर्फ सुसिल चौधरी धनुष प्रथम, मनोज बिक सप्तरी द्धितिय,भोला चौधरी बारा तृतिय गरी ६ जना जम्मा १२ जना छनौट भएको बुद्धिचाल सिरहाका उपाध्यक्ष आशिष झाले बताए ।
जिल्ला खेलकुद विकास समिति सिरहाका अध्यक्ष श्रवण ठाकुरीको अध्यक्षतामा प्रतियोगिता भएको भने मधेश प्रदेश सदस्य निशेष श्रेष्ठको प्रमुख अतिथिका कार्यक्रम सम्पन्न भएको थियोृ ।
कार्यक्रममा सिरहा जिल्ला बुद्धिचाल संघका अध्यक्ष तथा उपाध्यक्ष आशिष झा लगायत पत्रकार हरुको उपस्थिति रहेको थियो।

