अर्थ ब्यापार · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · बिजनेस · रोजगार · समाचार

लहान १५ मा तीन महिने सिलाइकटाइ तालिम सुरु

शम्भु चौधरी, लहान, १७ कार्तिक । लहान नगरपालिका १५ मा महिलालाई सीपमूलक तथा आत्मनिर्भर बनाउने उद्देश्यले तीनमहिने सिलाइकटाइ तालिम सोमबार देखि आफनै वडा कार्यलयको भवनमा शुरु भएको छ। एक कार्यक्रम बिच लहान नगरपालिकाक मेयर महेश प्रसाद चौधरीले उक्त तालिम शुभारम्भ गरिएको थियो ।

तालिम शुभारम्भ गर्दै मेयर चौधरीले भनेका थिए यो तालिम सिकेर आफैमा केही गर्न सकिन्छ, अरुको भर नपर्ने साथै आत्मनिर्भर बन्न सकिने बताएका छन ।

स्थानीय महिलालाई सीप सिकाएर आत्मनिर्भर, स्वरोजगार तथा आयआर्जनमा जोड्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा २५ जना सहभागीहरूलाई सिलाइकटाइ सम्बन्धी आधारभूत ज्ञान तथा व्यावहारिक सीप प्रदान गरिने सम्बन्धित वडाका वडा अध्यक्ष तेजनारायण चौधरीले बताए ।

तालिममार्फत सहभागीहरूले विभिन्न प्रकारका कपडा सिलाउने, नाप लिने, कटिङ गर्ने तथा आधुनिक डिजाइनका कपडा तयार गर्ने सीप सिक्ने अवसर पाउनेछन्।

तालिम सम्पन्न भएपछि सहभागी महिलाहरूले आफैँ सिलाइकटाइ व्यवसाय सञ्चालन गरी आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्ने अपेक्षा गरिएको छ।

स्थानीय स्तरमै सीप सिक्ने अवसर पाएपछि सहभागीहरू उत्साहित भएका छन्। यस्ता सीपमूलक कार्यक्रमले महिलाको आर्थिक सशक्तीकरणसँगै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।