समाचार

सिरहा मालपोत प्रमुुख मण्डल ५ लाख घुस सहित रंगेहात पक्राउ

सिरहा ६ मँसिर ।  मालपोत कार्यालय सिरहाका प्रमुख ५ लाख घुस सहित रंगेहात पक्राउ परेका छन् ।

सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थाबाट उनलाई कार्यालय बाटै रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ ।
मण्डललाई कार्यालयमाथि थप अनुसन्धान गरिरहेकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले शुक्रबार बिहान ११ बजे भूमि सुधार तथा मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई पक्राउ गरेको हो ।

उनी यसअघि धनुषाको मालपोत र भूमिसुधार कार्यालय धनुषाको प्रमुख थिए । यहाँबाट सिरहा सरुवा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।