छुटपुट · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार · सामाज · सामाजिक संजाल

दशैं–तिहार उत्सव मेला २०८३ सम्पन्न, थारू कला संस्कृतिलाई पुस्तान्तरणमा जोड

शम्भु चौधरी, सिरहा १० कार्तिक । दशैं–तिहारको अवसरमा आयोजित दशैं–तिहार उत्सव मेला २०८३ आईतबार सम्पन्न भएको छ। मेलाले थारू समुदायको मौलिक कला, संस्कृति, परम्परा तथा रीतिरिवाजको संरक्षण र नयाँ पुस्तामा पुस्तान्तरण गर्नुपर्ने आवश्यकता माथि जोड दिएको छ।

नेपालीहरूको महान् चाड दशैं–तिहारको सांस्कृतिक महत्त्वलाई उजागर गर्दै आपसी सद्भाव, एकता, भाइचाराको भावना र समान्न संस्कृतिलाई अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको दशैं–तिहार उत्सव मेला २०८३ का प्रवक्ता अजय चौधरीले बताए । मेलामा स्थानीय कला, संस्कृति तथा परम्पराको झल्को प्रस्तुत गरिएको थियो।

प्रदेश सभा सदस्य माननिय राजेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यमा मेला सम्पन्न भएको थियो । प्रमुख अतिथि चौधरीका अनुसार थारु पौराणिक कला संस्कृति जोगाउनुका साथै थारुहरुले प्रयोग गर्ने पौराणिक वस्तु तथा हस्तकलाका समानहरुलाई सुरक्षित तथा सुसजित गरि राख्ने एउटा थारु संग्राहलायको जरुरी छ । त्यस प्रकारको संग्राहलय म आफनो प्रयासबाट हातीदह पर्यटकीय क्षेत्रमा निर्माणको कायमा सघाउने प्रतिबद्धता व्यक्त गरेको छन ।

मेलामा थारू समुदायको मौलिक पहिचान झल्काउने सांस्कृतिक गतिविधि, परम्परागत भेषभूषा, नाचगान तथा सांस्कृतिक प्रस्तुतिले दर्शकको ध्यान आकर्षित गरेको थियो। यस्ता कार्यक्रमले थारू समुदायको ऐतिहासिक पहिचान र सांस्कृतिक सम्पदालाई जीवन्त राख्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले थारू समुदायको भाषा, कला, संस्कृति, लोकगीत, लोकनृत्य, परम्परागत भेषभूषा तथा रीतिरिवाज संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका थिए। आधुनिकता र बदलिँदो जीवनशैलीका कारण मौलिक संस्कृति ओझेलमा पर्न सक्ने भएकाले यसको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो।

वक्ताहरूले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानबारे जानकारी गराउँदै त्यसप्रति गर्व गर्न सिकाउनुपर्नेमा जोड दिएका थिए। सांस्कृतिक कार्यक्रम, मेला तथा महोत्सवको आयोजना गरेर बालबालिका र युवालाई परम्परागत कला तथा संस्कृतिसँग जोड्न सकिने उनीहरूको धारणा थियो।

थारु कल्याणकारीणी सभा सिरहाले आयोजना गरिएको मेलाले थारू समुदायको संस्कृति केवल एउटा समुदायको पहिचान मात्र नभई नेपालको बहुसांस्कृतिक समाजको महत्त्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षणका लागि स्थानीय तह, सामाजिक संघसंस्था, सांस्कृतिक अभियन्ता र समुदायबीच सहकार्य आवश्यक रहेको बताइएको थियो।

दशैं–तिहार उत्सव मेलाले मनोरञ्जनसँगै सांस्कृतिक चेतना अभिवृद्धि गर्न, स्थानीय कला र प्रतिभाको प्रवर्द्धन गर्न तथा सामाजिक सद्भाव कायम गर्न सकारात्मक भूमिका खेलेको आयोजकले जनाएको छ।

मेलामा प्रस्तुत सांस्कृतिक गतिविधिले थारू समुदायको मौलिक पहिचानलाई उजागर गर्नुका साथै नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने सन्देश प्रवाह गरेको छ। यस्ता कार्यक्रमलाई निरन्तरता दिन सके थारू कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा थप टेवा पुग्ने थारु कल्याणकारीणी सभा सिरहका सभापति सत्य नारायण चौधरी बताए।