छुटपुट · प्रदेश २ · समाचार · सामाजिक संजाल

लहान १५ हात्ती दह नजिक मुगालाल चौधरीको घरमा आगलागी

शम्भु चौधरी, लहान, ९ कार्तिक। लहान नगरपालिका १५ स्थित हात्ती दह नजिक रहेको मुगालाल चौधरीको घरमा सोमबार बिहान करबि १०, ११ बजेको समयमा आगलागी भएको छ।

आगलागी कसरी भयो भने विषयमा भने जानकारी आई नसकेको हातीदह पर्यटकीय क्षेत्रका अध्यक्ष रुद्र नारायण चौधरी बताए । मानवीय क्षति नभए पनि घरमा रहेको खधान्न, लताकपडा, कागजात तथा नगद समेत गरि जम्मा करिब ७ लाख बारबरको सम्पति जलेर नष्ट भएको अध्यक्ष चौधरीले बताए ।

आगलागी सम्बन्धी घटनाको विस्तृत विवरण अझ आउन बाँकी रहेको प्रहरीले बताए।

आगो नियन्त्रणमा लिन सशस्त्र प्रहरी,नेपाल प्रहरी ,नगर प्रहरी ताथा स्थानिय बासीको समेतको सहयोग रहेको वडा अध्यक्ष तेजनारायण चौधरीले बताए ।