Breaking News · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · बिधालय · समाचार · सामाजिक संजाल

श्री बाबा सन्यासी आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन

शम्भु चौधरी,लहान,२३ असोज। लहान नगरपालिका–१५, शोभापुर स्थित श्री बाबा सन्यासी आधारभूत विद्यालयमा बिहिबार विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ।

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने, विद्यालयको समग्र विकासलाई प्रभावकारी बनाउने तथा विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार सुधार गर्ने उद्देश्यले विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो।

समिति गठनसँगै विद्यालयको पठनपाठनलाई थप व्यवस्थित बनाउने, विद्यार्थीको शैक्षिक उपलब्धि वृद्धि गर्ने, शिक्षक, अभिभावक तथा समुदायबीच समन्वय र सहकार्यलाई सुदृढ बनाउने विधालयका प्रअ सत्यनारायण चौधरीले बताए।

विद्यालयको शैक्षिक वातावरण सुधार गर्न विद्यालय व्यवस्थापन समितिको भूमिका महत्त्वपूर्ण हुने भएकाले समितिले विद्यालयको विकास, विद्यार्थीको सिकाइ उपलब्धि तथा शैक्षिक गतिविधिको प्रभावकारी व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने प्रअ चौधरीले बताए ।

कार्यक्रममा सम्बन्धित वडाका वडा सदस्य लक्षमण चौधरी तथा शिक्षा समितिका सदस्य राज कुमार सिंहको रोहबरमा समिति गठन गरिएको विधालयका प्रअ चौधरीले बताए । गठनको पहिलो चरणमा चार सदस्य क्रमशः बिनिता सदाय, बिमला कुमारी सदाय, रिता चौधरी तथा सर्मिला चौधरी रहेका छन । वडा सदस्य चौधरीले छनौट भएको चारै जनालाई बधाई तथा शुभकामना दिएका छन ।

विद्यालयको समग्र विकासका लागि विद्यालय प्रशासन, शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा समुदायबीच सहकार्य आवश्यक रहेको छ। नवगठित समितिले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

गठन समारोह लहान नगरपालिका शिक्षा शाखा प्रमुख अमिरी कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको प्रअ चौधरीले बताए ।