शम्भु चौधरी, सिरहा ७ असोज। भदौ १० गते रसुवामा आएको विनासकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि नेपाली कांग्रेस सिरहा क्षेत्र नं १ ले २ लाख ५९ हजार ७ सय ७० रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बाढी तथा पहिरोका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम संकलन गरिएको नेपाली कांग्रेस सिरहा क्षेत्र नं १ का सभापति महेश प्रसाद चौधरी बताउन् भएको हो।
नेपाली कांग्रेस सिरहा क्षेत्र नं १ का नेता तथा कार्यकर्ताहरूको पहलमा संकलित रकम सम्बन्धित राहत कोषमार्फत बाढीपीडितसम्म पु¥याउने व्यवस्था गरिएको जनाइएको छ।
संकटको समयमा पीडित परिवारलाई सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएकाले आफूहरूले सक्दो सहयोग गरेको नेपाली कांग्रेस सिरहा क्षेत्र नं १ का सभापति चौधरीले बताए। साथै, बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउन अन्य व्यक्ति, संघसंस्था तथा समुदायलाई समेत सहयोगका लागि अपिल गरिएको छ।
यस सहयोगले विपद्का कारण समस्यामा परेका रसुवाका पीडित परिवारलाई राहत तथा दैनिक आवश्यकताका सामग्री व्यवस्थापनमा केही सहयोग पुग्ने अपेक्षा गरिएको छ।
रसुवा बाढीपीडितका लागि २ लाख ५९ हजार ७ सय ७० रुपैयाँ सहयोग
Nepal Post
•
