नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · बिधालय · समाचार

पिडरवनी माविको नवनिर्मित ४ कोठे भवन लहान नगर प्रमुख चौधरीद्वारा उद्घाटन

शम्भु चौधरी लहान ११ भदौ । लहान नगरपालिका ११ स्थित माध्यमिक विद्यालय पिडरवनीमा निर्माण भएको नवनिर्मित ४ कोठे भवनको उद्घाटन लहान नगर प्रमुख प्रसाद महेश चौधरीले गर्नुभएको छ।

विद्यालयमा आयोजित एक कार्यक्रमबीच नगरप्रमुख चौधरीले नवनिर्मित भवनको उद्घाटन गर्दै विद्यालयको भौतिक पूर्वाधार विकासले शिक्षण–सिकाइको वातावरण थप प्रभावकारी बन्ने बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्न भौतिक संरचनासँगै शैक्षिक गुणस्तर सुधारमा समेत विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। यहिलेको प्रविधि जमानामा हरेक समाग्री डिजिटल हुन जरुरी छ । यस विधालयमा अब हरेक शैक्षिक सामाग्र डिजिटल हुनु पर्नेमा जोड दिइका छन । नगरपालिकाले सामुदायिक विद्यालयको पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आवश्यकतानुसार थप सहयोग र विकासका कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ।

नवनिर्मित भवन निर्माणसँगै विद्यार्थीलाई सुरक्षित, व्यवस्थित र सहज वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त भएको विद्यालयले जनाएको छ। पर्याप्त कक्षाकोठाको अभावका कारण पठनपाठनमा देखिँदै आएको समस्या पनि भवन निर्माणपछि केही हदसम्म समाधान हुने अपेक्षा गरिएको छ। नवनिर्मीत भवनको लागत करिब ९० लाखमा सम्पन्न भएको विधालयका नि प्र अ ललिता कुमारी चौधरीले बताए ।

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि, शिक्षाप्रेमी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालयको थप शैक्षिक तथा भौतिक विकासका लागि स्थानीय सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।