सिरहाको लहानमा भयानक दुर्घटनामा एकको मृत्यु: दुई घाइते महेश सिंह , सिरहा ५ मंसिर। सिरहाको लहान नगर पालिका १२ भोटिया टोल चौक स्थित बिहीवार भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएका छन् ।
मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका – ४ – बस्ने अन्दाजी १५ /१६ बर्षिय सरोज कुमार यादव रहेको ईलाका प्रहरी कार्यालय लहानको दिएसपि भेषराज रिजाल ले जानकारी दिनु भयो ।
पुर्व बाट पश्चिम् तर्फ जाँदै गरेको ना १ ज ८३७५ नम्बरको विङगरले स ४ प ६०४५ नम्बरको मोटरसाइकललाई पछाडी बाट ठ्क्कर दिदा विङगरको सह ,चालक यादवको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाए छ् । मोटरसाइकलमा सबार लहान नगरपालिका २२ सिसवनी बस्ने महेश चौधरी सोही गाउँ बस्ने पनिलाल चौधरी घाइते भएको छन।
घाइतेहरुको लहान अस्पतालमा उपचार सम्भब नभएपछि थप उपचारका लागि बिराटनगर लगिएको प्रहरीले बताए । मृत्यक यादवलाई परिवारजनको जिम्मा लगाईएको छ । ठक्कर दिने गाडी र चालक इलाका प्रहरीको कार्यालय लहानको नियन्त्रणमा रहेकोे प्रहरीले जानकारी दिनु भयो ।
