काठमाडौं, ५ मंसिर । बुधबार राती सिन्धुलीको दुधौली नगरपालिका–१४ स्थित सिमराई खानीवेशी सडकखण्डमा अज्ञात समूहले दुईवटा स्काभेटर र टिप्परमा प्रेसर कुकुर बम आक्रमण गरेको छ ।
मारुती सिमेन्ट खानीको बाटो निर्माणको क्रममा पार्किङ गरेर राखिएका स्काभेटर र टिप्परमाथि अज्ञात समूहले बम आक्रमण गरेको हो ।
मारुती सिमेन्ट उद्योगका लागि चुनढुङ्गा उत्खननमा प्रयोग गर्दै आएको दुई स्काभेटर र एक टिप्परलाई लक्षित गर्दै अज्ञात समुहले बम आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बम प्रहारबाट एउटा स्काभेटर पूर्ण रुपमा जलेको छ ।
स्काभेटरमा बम आक्रमण गर्नेमा विप्लव कार्यकर्ताहरुकै संलग्नता भएको आशंका गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दैनिक नेपालबाट
