Breaking News · खेलकुद · देश बाहिर · नेपाल पोस्ट दैनिक बिशेष · पत्रपत्रिकाबाट

मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा

शम्भु चौधरी लहान २४ असार ।  अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी ले फिफा विश्वकप २०२६ मा फेरि इतिहास रच्दै दुई नयाँ विश्व कीर्तिमान आफ्नो नाममा दर्ज गरेका छन्।

इजिप्टविरुद्धको राउन्ड अफ १६ खेलमा गोल गरेसँगै मेस्सीको विश्वकप करिअरको गोल संख्या २१ पुगेको छ। यससँगै उनी पुरुष फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।

यही गोलसँगै मेस्सीले अर्को ऐतिहासिक उपलब्धि पनि हासिल गरे। उनले लगातार ९ विश्वकप खेलमा गोल गर्ने पहिलो खेलाडी बन्दै नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। यो क्रम २०२२ विश्वकपको अन्तिम १६ बाट सुरु भएर २०२६ विश्वकपको राउन्ड अफ १६ सम्म आइपुगेको हो।

मेस्सीले इजिप्टविरुद्ध गोल मात्र गरेनन्, एक असिस्ट पनि प्रदान गर्दै अर्जेन्टिनाको २–० को घाटालाई ३–२ को ऐतिहासिक जितमा बदल्न महत्वपूर्ण भूमिका खेले।
साविक विश्वविजेता अर्जेन्टिनाको यो जितसँगै टोली विश्वकप उपाधि रक्षा अभियानमा एक कदम अगाडि बढेको छ। इजिप्टले भने उत्कृष्ट सुरुआत गरे पनि अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ।

अब अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।