• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 03, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहान, शनिबार नै साप्ताहिक बजार बन्द किन ?

नेपाल पोस्ट दैनिक
    May 18, 2026  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी, लहान ४ जेठ । लहान, शनिबार नै साप्ताहिक बजार बन्द किन भन्ने विषयमा विभिन्न टिकटिपणी चलिरहेको बेला जिल्ला उद्योग वाणिज्य संघ सिराहा, लहानले यसरी स्पष्ट पारेका छन । शनिबार बाहेक अरु दिन साप्ताहिक बिदा राख्ननु प्रति हाम्रो ध्यानाकर्षण भएको छ। यस सन्दर्भमा केही महत्वपूर्ण पक्षहरू स्पष्ट गर्न चाहन्छौं।
सबैभन्दा पहिले, नेपाल सरकारले हालै देशभर लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सो निर्णय कार्यान्वयनको क्रममा स्थानीय आर्थिक गतिविधि, व्यवसायीको हित, उपभोक्ताको सुविधा तथा सीमावर्ती क्षेत्रको व्यापारिक अवस्थालाई समेत मध्यनजर गर्दै व्यापक छलफल गरिएको थियो।
यसै सन्दर्भमा जिल्ला उद्योग वाणिज्य संघ सिराहा, लहानले वस्तुगत संघ, व्यवसायी समिति तथा सरोकारवाला निकायहरूसँग विस्तृत छलफल तथा सहमति पश्चात् साप्ताहिक शनिबार बजार बन्द गर्ने निर्णय गरेको हो। उक्त निर्णयका मुख्य आधारहरू निम्नानुसार छन् ।
सरकारी नीति अनुरूपता नेपाल सरकारको शनिबार–आइतबार सार्वजनिक बिदा दिने नीतिलाई स्थानीय तहमा कार्यान्वयन गर्न। व्यवसायीको श्रम विश्राम र व्यवस्थापन, व्यवसायी तथा कामदारलाई नियमित विश्राम सुनिश्चित गर्न तथा कार्य–जीवन सन्तुलन कायम गर्न। ऊर्जा तथा सञ्चालन लागत न्यूनीकरण, विद्युत्, इन्धन तथा अन्य सञ्चालन खर्च घटाई आर्थिक दक्षता बढाउन। समान प्रतिस्पर्धात्मक वातावरण, सबै व्यवसायीहरूका लागि समान नियम लागू भई स्वस्थ प्रतिस्पर्धा कायम गर्न। व्यापक सहमति र सहभागिता, वस्तुगत संघ तथा समितिहरूसँग व्यापक छलफल पश्चात् सामूहिक सहमतिमा निर्णय गरिएको हो।
दीर्घकालीन आर्थिक व्यवस्थापन, स्थानीय बजार व्यवस्थापनलाई व्यवस्थित, अनुशासित र दीर्घकालीन रूपमा सुदृढ बनाउन। यस निर्णयले प्रारम्भिक चरणमा केही उपभोक्ताहरूलाई असहजता भएको हुनसक्छ, तर दीर्घकालमा यसले बजार व्यवस्थापन, सेवा गुणस्तर र आर्थिक सन्तुलनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौं।
हामी उपभोक्ताको सहजतालाई उच्च प्राथमिकतामा राख्दै आगामी दिनमा आवश्यक समायोजन तथा सुधारका उपायहरू पनि निरन्तर खोज्नेछौं।
अन्त्यमा, यहाँको सुझाव र चिन्ताप्रति धन्यवाद व्यक्त गर्दै सहकार्य र सकारात्मक संवादको अपेक्षा गर्दछौं। जिल्ला उद्योग वाणिज्य संघ सिराहा, लहानका अध्यक्ष प्रदिप कुमार गुप्ताको फेशबुक साईटमा लेखिएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज विश्व खेलकुद पत्रकार दिवस विभिन्न कार्यक्रम गरि मनाउदै
  • नदिमा डुबेर एक बालकको मृत्यु
  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    • पछिल्ला
    • लोकप्रिय
    आज विश्व खेलकुद पत्रकार दिवस विभिन्न कार्यक्रम गरि मनाउदै
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    आज विश्व खेलकुद पत्रकार दिवस विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज विश्व खेलकुद पत्रकार दिवस विभिन्न कार्यक्रम गरि मनाउदै
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑