• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 16, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कोपिया परियोजनाबारे लुम्बिनी प्रदेशका जिल्लाहरुमा फिल्ड सर्वेक्षण शुरु

नेपाल पोस्ट दैनिक
    February 8, 2026  मा प्रकाशित

Spread the love
      

२५ माघ। लुम्बिनीका विभिन्न जिल्लामा कोपिया परियोजनाबारे फिल्ड सर्वेक्षण शुरु भएको छ। लुम्बिनी प्रदेशको रूपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लामा लुम्बिनीमा कोपिया परियोजना कार्यान्वयनका लागि जिल्लागत सर्वेक्षण शुरु भएको परियोजनाकी प्रमुख डा. पल्लबी कुमारी सिंहले जानकारी दिनुभएको छ।

NARC ले अन्नबालीमा धानलाई प्राथमिकतामा राखेर कुल ३ वर्षकालागि विकसित प्रजातिहरूको एकीकरण, गुणस्तरीय बीउ उत्पादन मा फोक्स हुनेछ साथै कम ग्लाइसेमिक सूचकांक भएको धानको प्रजाति पहिचान गर्ने तथा सो बारेमा जागरूकता सिर्जना गर्ने मुख्य उद्देश्य रहेको प्रमुख सिंह ले बताउनुभयो । अहिले लुम्बिनी प्रदेशको तीनवटै जिल्लामा आधारभूत सर्वेक्षण भइरहेको छ। कपिलवस्तु जिल्लासमेत समेटिएकाले धानका पाकेट क्षेत्रहरुमा अध्ययन अनुसन्धान प्रक्रिया अघि बढसकेको छ ।

राष्ट्रिय धान अनुसन्धान कार्यक्रम र राष्ट्रिय गहुँ अनुसन्धान कार्यक्रमका आधारभूत सर्वेक्षण अधिकारीहरू मिलेर सो परियोजनाका लागि काम गरिरहेका छन्। वरिष्ठ वैज्ञानिक श्री योगेन्द्र आचार्यले अधिकारीहरूलाई अभिमुखीकरणसमेत दिनुभएको छ। परियोजनाले कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ११ मा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। सो कार्यक्रममा चामल संयोजक डा. मथुरा यादवले कोपिया परियोजनाको उद्देश्यको बारेमा जानकारी गराउनुभएको थियो ।

सर्वेक्षणको क्रममा NWRPका प्राविधिक अधिकृत राजेन्द्र यादवले पनि विभिन्न सरोकारवालाहरू बीच समन्वयलाई सहजीकरण गर्नुभयो। मुख्यतया वसन्त ऋतुको धानको लागि कम अवधीका गुणस्तरीय बीउ र उत्पादनसमेतको अनुसन्धानबाट किसानको आर्थिक स्थिति उकास्ने उद्देश्य रहेको छ। मुख्यतः कोपया परियोजना लुम्बिनी प्रदेशको धान पाकेट जिल्ला कपिलवस्तु ,रुपन्देही, नवलपरासी लगायत मधेश प्रदेशका दुई जिल्ला धनुषा र महोतरीमा समेत लागु हुनेछ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
  • आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
  • मधेशमा मलको अभाव, यता किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार प्रतिबद्ध
    • पछिल्ला
    • लोकप्रिय
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    मधेशमा मलको अभाव, यता किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार प्रतिबद्ध
    स्कुल बसको ठक्करले एकको मृत्यु, २ घाइते
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    मधेशमा मलको अभाव, यता किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार प्रतिबद्ध
    स्कुल बसको ठक्करले एकको मृत्यु, २ घाइते
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑