शम्भु चौधरी लहान २८ पुस । रक्तदान जिवन दान भने मुल नाराका साथ धनगढीमाई नगरपालिका ८ कसहामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
दिनानु दिन रगतको अभाव भएसंगै विभिन्न संघ संस्था तथा सहकारी लघुवित्त संस्थाहरुले रक्तदाका कार्यक्रम राख्न थालेका छन । कार्यक्रममा जम्मा २३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी उप शाखा धनगढीका अध्यक्ष गंगाराम यादवले बताए ।
अध्यक्ष यादवका अनुसार रक्तदान गर्नु शरिरको लागी फाईदा नै हुन्छ शरीरका पुराना रगत बाहिरीए पछि फेरी शरीरमा नयाँ रगत बन्ने भएकोले शरीर फस्टाउने तथा रोग कम मात्रामा लाग्ने बताए ।
कार्यक्रम स्मृद्धि फाईनान्स शाखा कार्यालय धनगढीमाई ८ कसहा सिरहा र नेपाल रेडक्रस सोसाईटी उप शाखा धनगढीको आयोजनामा भएको थियो ।