• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा

नेपाल पोस्ट दैनिक
    December 29, 2025  मा प्रकाशित

Spread the love
      

जनकपुरधाम १४, पौष। जनता समाजवादी पार्टी नेपालले संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादको पक्षमा आवाज बुलन्द गर्दै जनकपुरधाममा विशाल जनप्रदर्शन तथा विरोध सभाको आयोजीत कार्यक्रममा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संरक्षण र सुदृढीकरणका लागि ‎जसपा नेपालको मधेश प्रदेश समिति जनकपुरको आयोजनामा सम्पन्न सभाका प्रमुख अतिथि पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मुलुक अहिले गम्भीर आर्थिक, सामाजिक र नैतिक संकटबाट गुज्रिरहेको बताएका छन्।
‎अध्यक्ष यादवले मुलुकको कुल जनसंख्याको करिब ६० प्रतिशत मधेशी भए पनि अहिलेको निर्वाचन क्षेत्र संरचनाले केवल १० प्रतिशत मात्र प्रतिनिधित्व दिएको भन्दै यो ठुलो विभेद भएको बताए। महिला, दलित र अल्पसंख्यक समुदाय निर्वाचन लड्न नसक्ने अवस्थामा पुगेकाले उनीहरूका लागि आरक्षित निर्वाचन क्षेत्र व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिए।
उनले संसदीय व्यवस्था असफल भइसकेको दाबी गर्दै प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन हुने व्यवस्था गर्न संविधान संशोधन अपरिहार्य रहेको बताए। हालको निर्वाचन प्रणाली अत्यन्त महँगो भएकाले आम नागरिकले पनि चुनाव लड्न सक्ने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने उनले माग गरे।
विरोध सभामा सहभागीहरूले संघीयता विरोधी गतिविधि, सुशासनको अभाव, सामाजिक न्यायमाथि भइरहेको आक्रमण तथा जनजीविकासँग जोडिएका समस्याको विरोधमा नाराबाजी गर्दै सरकारलाई जनताको मागप्रति गम्भीर बन्न दबाब दिएका थिए ।

‎अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई सरकारले सम्हाल्न नसकेको भन्दै ती सबै क्षेत्र ध्वस्त पार्ने जिम्मेवारी सत्तारुढ दलहरूकै भएको टिप्पणी गरे। उनीहरूको शासनकालमा भ्रष्टाचार चरम सीमामा पुगेको उनको भनाइ थियो। संविधान संशोधन, भ्रष्टाचार न्यूनीकरण र शिक्षा सुधारका विषय जसपा नेपालले सुरुदेखि उठाउँदै आए पनि दुईतिहाइको दम्भमा ती मागहरूलाई बेवास्ता गरिएको उनले बताए।

‎यही निराशाका कारण ‘जेनजी’ युवाहरू विद्रोहमा उत्रिएको, सिंहदरबारलगायत ऐतिहासिक र सामरिक महत्वका संरचनामा क्षति पुगेको, नेताहरूको घर जलाइएको र सुरक्षाकर्मीको संरक्षणमा भाग्नुपर्ने अवस्था सिर्जना भएको उनले उल्लेख गरे। तर, अहिलेको सरकारले ती आन्दोलनकारी युवाहरूलाई पनि विगतमा मधेशी र मधेशी जनतालाई ठगेको जस्तै जेनजी युवाहरुलाई झुक्याउने प्रयास गरिरहेको आरोप लगाए।

‎अध्यक्ष यादवले जसपा नेपाल हरेक किसिमले निर्वाचनमा जान तयार रहेको तर हालको सरकार निर्वाचन गराउन असक्षम रहेको दाबी गरे। मधेश आठ जिल्ला मात्र नभई २२ जिल्लासम्म फैलिएको भूगोल भएको उल्लेख गर्दै तत्काल संविधान संशोधन गरी प्रदेशहरूको पुनर्संरचना गर्नुपर्नेमा उनले जोड दिए। संविधान पुनर्लेखन नभएसम्म जसपा नेपाल संघर्षमै रहने उनको भनाइ थियो।
‎जनकपुरधाम– तिरहुतिया गाछीमा सुरु भएको कार्यक्रममा मधेशका विभिन्न जिल्लाबाट हजारौँ नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • कांग्रेस सभापति थापाको राजीनामा
  • फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
  • आज समाजिक न्याय दिवस
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑