समाचार

२ दिने विउ विजन सम्बन्धी घुम्ती स्थलगत तालिम संचालन

शम्भु चौधरी लहान २ मंसिर । सिरहाको लहान नगररपालिका ११ मा २ दिने विउ विजन सम्बन्धी घुम्ती स्थलगत तालिम सोमबार देखि संचालन भएको छ ।
गुणस्तरीय विउविजन कसरी राख्ने र त्यो राखेको विउलाई कसरी जोगाउन,े विउ कसरी चिन्ने जस्ता उद्देश्य राखी सो तालिम संचालन भएकोे हो । सलहेश फुलवारी विउ उत्पादन केन्द्र लहान ११ को समन्वय तथा प्रदेश २ बीउ बिजन प्रयोगशाला जलेश्वर महोतरीको आयोजनामा सो तालिम संचालन भएको हो ।
लहान नगरपालिका ११ का वडा अध्यक्ष राज कुमार साहको प्रमुख अतिथ्यमा संचालित कार्यक्रमको अतिथिहरुमा विउ विजन प्रयोगशाला जलेश्वर महोतरीका निमिति प्रमुख श्रीप्रसाद यादव फरवार्ड नेपालको जिल्ला संयोजक सुदर्शन विष्ट वागवानी अधिकृत विजय कुमार साह, संचारकर्मीहरु लगायतका अतिहिरुले मन्तव्य दिनु भएको थियो ।
सलहेश फुलवारी विउ उत्पादन केन्द्र लहान ११ का अध्यक्ष सागर चौधरीको अध्यक्षतामा संचालित उक्त तालिममा सलहेश फुलवारी कृषक समुहमा आवद्ध २७ जना कृषकहरुको सहभागीता रहेको अध्यक्ष चौधरीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।