शम्भु चौधरी लहान २९ कार्तिक । सिरहा लहानमा ने क पा भातृ संगठनको राष्ट्रिय युवा संघ सिरहाको शुभ कामना तथा बधाई कार्यक्रम विहिबार सम्पन्न भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन सिरहाका सहसंयोजक आशानन्द यादव पदासिन हुनु भएकोमा सो बधाई कार्यmम राखिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट वहाँले भनु भयो नेपालको भुमि लिपुलख तथा कालापानी एक इन्च पनि मिच्न नदिने बताएका छन्। राष्ट्रिय युवा संघ नेपालको कार्यदलको बैठकले तोकेको सिरहा जिल्लाका सह संयोजक तोकेकोमा यादवलाई बधाई तथा शुभकामना दिनका लागि कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल नगर कार्य समिति लहानका अध्यक्ष निजाम अन्सारीले जानकारी दिए।
नेपालको भूमि एक इन्च पनि मिच्न नदिने र अरुको पनि एक ईन्च भुमी नमिच्ने भन्दै राष्ट्रियताको मुद्धामा सबै लाई एकै ठाउँमा उभिन आग्रह गर्दै कार्यक्रमा सहभागी सम्पूर्ण युवाहरुलाई संगठित भई देशको उन्नति ,प्रगति र समृद्धि तर्फ अग्रसर हुन् आग्रह गदै युवा संघ सिरहामा आवद्ध युवाहरुको क्षमता विकास र नेतृत्व विकासका लागि आफु सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी युवाहरुले सहसंयोजक आशानन्द यादवलाई सफल कार्यकालको शुभकामना तथा बधाई दिंदै नेपालि भुमि फिर्ता गराउन सरकारले छिटोभन्दा छिटो कुटनितिक तथा राजनितक तवरबाट पहल गर्नुपर्ने बताए।
कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल नगर कार्य समिति लहानका अध्यक्ष निजाम अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
