नेपाल पोस्ट दैनिक बिशेष · राजनीतिक

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै

काठमाडौं, १९ पुस । भारतीय विदेशमन्त्री एस जयशंकर आज बिहीबार दुई दिने नेपाल भ्रमणमा आउँदै छन् ।

उनी नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जयशंकर बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम तय भएको छ ।

जयशंकरले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहको बताइएको छ ।