प्रदेश २ · समाचार

सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु

सप्तरी सम्वादाता १९ साउन ।  सप्तरीकाे राजगढ गाउँपालिका-६ फकिरामा करेन्ट लागेर अन्दाजी ५८ वर्षीया दुर्गिदेवी साहकाे  मृत्यु भएको छ ।

खेतमा माेटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी शाहकाे राजविराजमा स्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा ज्यान गएकाे हाे ।

यस घटनाकाे सम्बन्धमा अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।