• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मुद्दा मिलाइदिने भन्दै एक प्रहरीले घुस लिएको आरोप

नेपाल पोस्ट दैनिक
    June 21, 2019  मा प्रकाशित

Spread the love
      

रौतहट, सम्वादाता ६ जेठ, । रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयका एक प्रहरीले मुद्दा मिलाइदिने भन्दै घुस लिएको आरोप लागेको छ ।

जेठ ११ गते गरुडाबाट चन्द्रनिगाहपुर आउदै गरेको ना ७ ख ३८३७ नम्बरको टीपरले कमलपट्टी नजिकै ठक्कर दिँदा बालिका सकुन्तला पासवानको मृत्यु भएको थियो । सोही घटनामा प्रहरी हिरासतमा रहेका चालकको मुद्दा कमजोर पारेर चालकलाई छुटाउने र प्रहरी नियन्त्रणमा रहेको टिपर छाड्ने भन्दै उनले घुस मागेका हुन् ।

सडक दुर्घटनापछि हिरासतमा लिइएका टिपर चालकलाई छुटाउन मुद्दा फाँटमा कार्यरत हवल्दार परमेश्वर केशरीले २० हजार रुपैयाँ घुस मागेको उक्त टिपरधनीले बताएका छन् ।

प्रहरी हवल्दार केशरीले आफ्नो मोबाइल नम्बर ९८५५०९०९०२ बाट टिपरधनी ९८१३७६०९०० को मोबाइलमा एसएमएस गरेर ३० हजार लिएर इलाका प्रहरी कार्यालयमा आउन म्यासेज पठाएका थिए । गरुडाका प्रहरी निरीक्षक अनमोल खड्काको कार्यकक्षमा हवल्दार केशरीले २० हजार रकम आफूसँग लिएको टिपरधनीले बताएका छन् ।

उक्त घटनाको बारेमा अनुसन्धान टोली गठन गरेको रौतहट प्रहरीका प्रवक्ता डिएसपी नविन कार्कीले बताए । इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी तुलसी अर्यालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको र सो समितिको प्रतिवेदन पश्चात दोषी देखिएमा हदैसम्मको कारवाही हुने डिएसपी कार्कीले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑