• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सलहेस फूलबारीको महिमा

नेपाल पोस्ट दैनिक
    April 12, 2023  मा प्रकाशित

Spread the love
      

संवादाता लहान २९ चैत्र । पूर्व पश्चिम राजमार्गको सिरहाको लहान नगरपालिका भित्र पर्ने फूलवारी धाम स्थानिय भोटिया टोल चौक देखि दक्षिणमा अवस्थित रहेको छ । धार्मिक तथा पराक्रमी राजा सलहेसको पौराणिक कालसँग जोडिएका धार्मिक स्थलहरू सिरहा सदर मुकामको महिसोथा, लहान नगरपालिका–१८ स्थित पकडिया गढ, २० नम्बर वडास्थित ब्राम्हण गोर्छारी, २४ नम्बर वडास्थित मानिक दह, लक्ष्मीपुरपतारी गाउँपालिकाकाे पतारी पोखरी राजा सलहेशको नामले विशेष मेला लाग्ने धार्मिक स्थलहरू मानिन्छन् ।

स्थानिय सिस्वनी गाउँमा रहेको धार्मिक तथा ऐतिहासिक सलहेस फूलवारीमा वैशाख एक गते ठूलो मेला लाग्ने गर्दछ । मेला हेर्नका लागि सिरहा, सप्तरी,उदयपुर, धनुषा, सिन्धुली लगायत छिमेकी राष्ट्र भारतबाट भक्तजनहरूको आगवन हुने गरेको पाईन्छ । करिब १२ बिघा क्षेत्रफलमा फैलिएको फुलबारी दुसाध जातीका इष्ट देवता राजा सलहेशको फुलबारीको रुपमा प्रसिद्ध रहेको छ ।

फुलबारीको मध्य भागमा रहेका हराम जातको रुखको हाँगामा प्रत्येक बैशाख १ गतेको पहिलो दिन बिहानै एक दिनका लागि माला अकारको सेतो फुल फुल्ने गरेको पाइन्छ । दिनभरी देखिने फूल साँझपख बिस्तारै हराएर जाने गर्दछ । फूलबारीको मध्य भागमा रहेको हरामको रुख नजिकै राजा सलहेश तथा प्रेमी मालिनीको गहबर रहेको छ ।

प्रत्येक वैशाख १ गते श्रद्धा भक्ती भावले यस ठाउँमा पुजा पाठ गर्दा सन्तान प्राप्त हुने परिवारमा शुख शान्ति प्राप्ति हुने धार्मिक विश्वास रहेको पाइन्छ । सलहेश गाथामा बर्णण गरिए अनुसार राजा सलहेशले एकै दिनमा मानिकदहमा स्नान, फुलबारीमा फुल टिप्ने सिलहट अखडाहामा कुस्ती खेल्ने तथा कुलदेवीका पुजा गरि कञ्चनगढमा जनताका पिरमर्का सुने गर्द्थे । १४ औं शताब्दीका राजा सलहेसको वि. स. १३२५ उनकी प्रियसी मालिनीसँग बिहेभए पछि उक्त फूलबारी नै सलहेस फूलवारीकाे नामले प्रसिद्ध हुन पुग्यो ।

वैशाख १ गते सलहेशको मन्दिरमा भाकल गरे मनोकामना पूरा हुने विश्वास गरिन्छ । नि:सन्तानहरू सन्तान प्राप्तिका लागि, दीर्घरोगीहरू सुस्वास्थ्य र मनोकामना पूरा गर्न सलहेसको पूजा गर्छन् । भाकल पूरा भएपछि सलहेसलाई पाठीको बली दिने, कागजको छाता , भन्टाकाे भारी चढाउने परम्परा छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑