प्रदेश २ · समाचार

आत्मनिर्भरको सातौं वार्षिक साधारन सभा सम्पन्न

शम्भु चौधरी लहान १३ कार्तिक । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.२ भवनीपुरमा रहेको आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्थाको लि सिरहाको सातौं वार्षिक सधारण सभा जनता मावि बेतहा भवानीपुरको प्रांगनमा मंगलबार सम्पन्न भएको छ ।
प्रदेश २ का भुमि व्यवस्था मंत्रि शैलेन्द्र कुमार साहको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विशिष्ट अतिथिहरुमा पुर्वसंस्कृति तथा पर्यटन राज्य मंत्रि शत्रुधन प्रसाद सिंह कोईरी, धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरी नारायण चौधरी रहन् भएको थियो ।

कार्यक्रममा धनगढीमाई नगरपालिका २ का वडा अध्यक्ष तारणी प्रसाद चौधरी,सुखिपुर नगरपालिका १ का वडा अध्यक्ष राजेन्द्रप्रसाद चौधरी,लक्ष्मीपुर पतारी गाउँ पालिका १ का वडा अध्यक्ष मनिकलाल यादव,भवनी एकिकृत विकास केन्द्र भवानीपुरका अध्यक्ष दिपेश कुमार चौधरी,नेपाली कांग्रेसका जिल्ला सदस्य मो हमिद राईन, समाजवदी पार्टीका जिल्ला सदस्य मो घुरन राईन,जनता मावि बेतहा भवनीपुरका प्रअ राम विलास यादव,भवानीपुर प्रधका पुर्व गाविस अध्यक्ष गहुम लाल चौधरी, समाजसेवी रामअशिष राईले आ आफना शुभकमा मंतव्य दिनुु भएको थियो ।
कार्यक्रममा मन्त्रि साहले भन्नुभयो देशलाई स्मृद्ध र सुखि बनाउने एक मात्र माध्यम नै सहकारी हो तर सहकारीलाई नेपाल सरकारले उदासिन्ताको नजरले हेरिरहेको आभास प्रकट भएको जस्तो लाग्छ । प्रदेश २ मा मात्र करिब दश हजार सहकारी रहेता ता पनि सहकारीहरुको एकरुपता नरहेको देखिन्छ त्यस उसले सम्पुर्ण सहकारीहरुलाई एकरुपतामा ल्याउन यस महिना भित्र प्रदेश स्तरीय सहकारी एन ल्याउने तयारी गरीरहेका छौँ ।
कार्यक्रममा सहकारीका सदस्य ज्ञान्दिप चौधरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सहकारीको कोषाध्यक्ष इन्द्रदेव चौधरीले आम्दानी र खर्च विवरण प्रस्तुत गर्नुभएको थियो ।
सहकारीका अध्यक्ष श्यामलाल चौधरीको अध्यक्षतामा सम्पन्न सम्पुर्ण अतिथीहरुलाई स्वागत सहकारीका उपाध्यक्ष भगवानीलाल चौधरीले गर्नुभएको थियो भने कार्यक्रम संचालन सहकारीका सचिव सुजित कुमार चौधरीले गर्नुभएको जानकारी सहकारीका लेखापाल योगेन्द्र प्रसाद चौधरीले दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।