• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 26, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

यो जनताको जित हो, मैले नेतृत्व मात्र गरेको छु : राकिशोर यादव

नेपाल पोस्ट दैनिक
    November 26, 2022  मा प्रकाशित

Spread the love
      
सिरहा, ९ मंसिर । सिरहा क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्यामा नेकपा एमाले–जनता समाजवादी पार्टी गठबन्धनको जसपाका राजकिशोर यादव विजयी भएका छन् । २४ हजार १ सय ७८ मत प्राप्त गरेको हो ।
राजकिशोरसँग सत्ता गठबन्धन नेपाली काँग्रेसकी चित्रलेखा यादव ११ सय ५० मतान्तरले पराजय भइन् । उनले २३ हजार २८ मत प्राप्त गरेकी छन् भने जनमत पार्टीका विनोद कुमार यादव १६ हजार ९ सय २ मत प्राप्त गरी तेश्रो स्थानमा समित्त भए । मत गणनाको सुरुवाती अवस्था देखि राजकिशोर अग्रता कायम राख्यो भने जनमतका विनोद यादवले पिछा गर्दै थिए । विनोदको मत घट्न थालेपछि चित्रलेखाले अग्रता लिन थालिन् तर उनलाई अघि बढ्न दिएन राकिशोरले आफ्नो अग्रता कायमै राख्यो ।
‘यो जनताको जित हो, मैले नेतृत्व मात्र गरेको छु,’राकिशोरले भने,‘क्षेत्रबासीको लागि एक युगको अन्त्य भएको छ । नयाँ युगमा प्रवेश गरेकोले नौलो तरिकाबाट विकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्य तथा सडक संजालहरुको सुधार गर्नेतिर लाग्ने छु ।’ जनतासँग गरेको बाचालाई ध्यानमा राखेर त्यो पुरा गर्ने प्रतिबद्ध गरेको उनले विश्वास दिलाए । ‘जनताको शासक होइन, सेवक भएर क्षेत्रबासीलाई निरन्तर सेवा गर्नेछु । आफुबाट हुने क्षेत्रबासीको हरेक काम गर्न सदैव तयार छु ।’ बाचा एकातिर र व्यवहार अर्कोतिर नगरिने उनले थपे ।
यसैगरी,एमाले जसपा गठबन्धनको एमालेका सत्रुधन प्रसाद सिंहले सिरहा निर्वाचन क्षेत्र नं.२ (ख) प्रदेशसभा सदस्यमा निर्वाचित भए । उनले १३ हजार ७ सय ९७ मत प्राप्त गरे भने सत्ता गठबन्धन नेकपा एसका मदन सेन श्रीवास्तवले ११ हजार २५ मत मात्र पाए । सिंहले २ हजार ७ सय ७२ को मतान्तरले जित हासिल गरे । जनमतका विनोद कुमार चौधरीले ६ हजार ८ सय ५४ मत ल्याए । त्यस्तै, क्षेत्र नं.२ (क) प्रदेशसभा सदस्यमा जनमत पार्टीका संजय कुमार यादवले जित हासिल गरे ।
संजयले १२ हजार १ सय ७१ मत पाएको हो भने जसपाका विजय कुमार यादवले ११ हजार ५ सय २७ मत पाए । संजयले ६ सय ४४ मतान्तरले जित हात पारे । सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीका जीवछ यादवले १० हजार ६ सय ६५ मत ल्याए ।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    • पछिल्ला
    • लोकप्रिय
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑