राजनीतिक · समाचार

सरिता गिरि चर्चामा

शम्भु चौधरी लहान ३० कार्तिक । सिरहा निवार्चन क्षेत्र १ का प्रतिनीधि सदस्य पदको स्वतन्त्रको उम्मेदवार सरिता गिरीले आफनो चुनावी क्षेत्रमा चर्चामा रहेकी छिन ।

मंसिर ४ गते हुने प्रतिनीधि सभा सदस्यको निर्वाचनको लागि तमतयारका साथ चुनावी प्रचारप्रसारमा लागेको गिरीले बताए ।

महिला छापबाट चुनावी मैदानमा उत्रेकी गिरी गाउँ गाउँको घर घरमा गएर जनता रिझाउदै र भोट मागदै गरेको देखिन्छ । जनता उत्साह र उमंगको कारण आफनो जीत निश्चि भएको गिरीको दावी छ ।
खास गरी महिला मतदाताहरु महिला उम्मेदवारलाई बढी मात्रामा मन पराएको सतनी सदायको भनाई रहेको छ ।