समाचार

छिमेकीको बञ्चरो प्रहारबाट एकजनाको मृत्यु

कात्तिक १२ कैलाली । कैलाली जिल्लाको टीकापुरमा छिमेकीले बञ्चरो प्रहार गर्दा एकजनाको ज्यान गएको छ ।

टीकापुर नगरपालिका ५ मनिकापुरमा सोमबार दिउँसो ४ बजेतिर सामान्य विवाद मिलाउन खोज्दा छिमेकीको बञ्चरो प्रहारबाट अर्का छिमेकीको ज्यान गएको हाे ।

बञ्चरो प्रहारबाट टाउकोमा चोट लागेर गम्भीर घाइते भएका खुशिरामको टीकापुर अस्पतालमा ज्यान गएको डिएसपी भट्टले बताए । डिएसपी भट्टका अनुसार बञ्चरो प्रहार गर्ने मोतीराम भने प्रहार गरेर उखु बारी हुँदै भागेका छन् ।

३२ वर्षीय मोतीराम चौधरीकाे घरमा सामान्य विवाद र झैझगडा भएको थियो । सोही क्रममा नजिकै घर भएका छिमेकी २८ वर्षीय खुशिराम चौधरीले सम्झाइबुझाई गर्न खोज्दा मोतीरामलाई प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।