समाचार

दिपावली मनाउन बालेको दियोबाट आगाे सल्किदा ४ बर्षीय बालकको मृत्यु

मोरङ सम्वादाता ११ कार्तिक । मोरङको पथरी-शनिश्चरेमा आगलागी हुँदा जलेर बालकको मृत्यु भएकाे छ। मोरङको पथरी-शनिश्चरे नगरपालिका-५ कोठेबारीमा आईतवार राती स्थानीय युवराज गिरीको घरमा आगलागी हुँदा आगोमा जलेर एक बालकको मृत्यु भएको हाे ।

गिरीको घरमा साँझ दिपावली गर्न बालेको दियोबाट राती साढे १० बजे अचानक घरमा आगो सल्किदा घर भित्र सुतिरहेका गिरीको ४ बर्षीय छोरा युसन गिरीको आगोमा जलेर घटनास्थलमा नै मृ*त्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

आगलागीबाट गिरीको एक तले घर सहित ३/ ३ तोला सुन र चाँदीको गहना, अन्दाजी नगद रु. ९५ हजार सहित घर भित्र रहेको सम्पूर्ण सर-सामान जलेर नष्ट हुँदा अन्दाजी १२ लाख मूल्य बराबरको क्षति भएको छ ।

आगलागीबाट गिरीको एक तले घर सहित ३/ ३ तोला सुन र चाँदीको गहना, अन्दाजी नगद रु. ९५ हजार सहित घर भित्र रहेको सम्पूर्ण सर-सामान जलेर नष्ट हुँदा अन्दाजी १२ लाख मूल्य बराबरको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।