• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

परिवारबाटै आयशामाथि अन्याय न्यायको खोजीमा भौतारिदै,प्रहरीले उजुरी नलिएको गुनासो

नेपाल पोस्ट दैनिक
    September 6, 2022  मा प्रकाशित

Spread the love
      

लहान १९ छरापटीमा श्रीमान सासु ससुराबाट पीडित महिला न्यायको लागी भौतारीदै भारतको खुटौना लगेर श्रीमान मो.समरुल मियां र देवर मो. नइमले निर्घात कुटपिट: न्याय खोज्दै पीडित महिला सिरहा लहान २१भदौ- सिरहाको लहान नगरपालिका १९ छरापटीकी आयशा खातुन आफनै परिवारबाट शोषणको सिकार भएकी छन् ।

परिवारका सबै सदस्य मिलेर आवशामाथि शोषण गर्दै आएको खुलेको हो । पटक पटक परिवारकै सदस्यबाट शोषण र कुटपिट गर्दा उनी आजित भएर प्रहरी कार्यालयमा न्यायका लागि पुगेपछि घटना बाहिरिएको छ । पछिल्लो पटक ०७९ असार २७ मा उनलाई भारतको खुटौना लगेर श्रीमान मो. समरुल मियां र देवर मो. नइमले निर्घात कुटपिट गरेका थिए ।

श्रीमान र देवरले आयशाको छात्तीको हड्डी भाँचिदिएका छन् । कुटपिटबाट घाईते पीडित आयशा भारतको दरभंगा पुगेर मेडिवोल्ड मल्टीस्पेसियलिस्ट अस्पतालमा उपचार गराएकी छन् । उपचारमै उनी लाखौ रुपैया खर्चेकी छन् । अहिले पनि उनी स्वास्थ्य भइसकेकी छैन, औषधी नियमित रुपमा सेवन गरिरहेकी छन् । सासु दरुदिन खातुनले ससुरा फुलचन भन्ने फुल मोहम्मद मियाँ र देवर मो नइमसँग अवैध सम्बन्ध राख्न दबाब दिएको आयशाको आरोप छ ।

उनले देवर र ससुरासँग अवैध सम्बन्ध राख्न सासुले दिएको दबाबबारे श्रीमानलाई बताउँदा उल्टै कुटपिट गरेको र सासु-ससुराले भनेको सबै कुरा परिवारकै सदस्यबाट अन्यायमा परेको र घरमै असुरक्षित बनेकी आयशा न्यायका लागि ईलाका प्रहरी कार्यालय लहानमा श्रीमान, सासु, ससुरा र देवरमाथि उजुरी दिन पुगेकी थिइन् । तर प्रहरीले उजुरी दिन मानेको छैन।

उनी जर्वजस्ती करणी तथा अङ्गभङ्ग मुद्दा दर्ता गराउन चाहेकी छन् । तर प्रहरीले जर्वजस्ती करणी मुद्दा दर्ता नहुने भनेर उनलाई फर्काइएको बुझिएको छ । मुस्लिम समुदायमा तलाक दिने प्रथा छ । आयशा भन्छिन्, ‘मलाई कुटपिट गरेपछि अस्पताल भर्ना भए। तर मेरो श्रीमानले गुपचुप विहे गर्न लागेका थिए । मैले थाहा पाएपछि विवाह रोकेकी छु।’ उनी श्रीमानले गर्न लागेको विवाह रोक्न र आफूलाई न्याय दिन स्थानीय प्रशासनसँग माग मान्न भनिरहेको गुनासो गरेकी छन् ।

सासुको दबाबमा तेल लिएर गरेकी छन् । ससुराको मालिस गर्न जाँदा घरको चुकुल लगाएर आफूसँग अन्याय गरेको पनि आयशाको आरोप छ ।

उनी असुरक्षाका कारण ससुरामा बस्न छाडेकी छन् उनी अहिले सानीआमाको घरमा बस्दै आएको सुनाइन् ईलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा डिएसपी कुमार प्रसाद मैनालीले पीडित महिला नै सम्पर्क विहिन बनेको बताए भने ति महिला उजुरी लिएर आएकी थिइन् । घटनाबारे बुझ्न पहिले दुबै पक्षलाई बोलाउने भनेपछि गइन्। त्यसपछि सम्पर्कमै आएकी छैन।’

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑