समाचार

लहानमा तिजको भब्य दर खाने आयोजना

महेश सिंह लहान १२ भदौ । लहान नगरपालिकाले यो बर्ष देखी हरितालिका तिजको भब्य रूपमा आयोजना गरेको छ। दर खाने दिनको अवसर पारेर बृहत दर खाने कार्यक्रमको आयोजना गरीएका छन्।

लहान नगरपालिका भित्रका करिब हजारौं महिलाहरुको दर खाने कार्यक्रममा उल्लेखनीय सहभगिता रहेको छ। महिलाईहरु पनि रमाउने अधिकार बाट बन्चित नहोस् भने उदेश्यले लहानका मेयर महेश प्रसाद चौधरीले उक्त कार्यक्रमको आयोजना गरेका हुन्।

सबै बर्ग समुदायको महिला दिदी बहिनीहरुको उल्लेखनीय सहभागीता रहेको छ्। महिलाहरु दरखाएर नित्य विभिन्न किसिमको संगितको धुनमा नाच्ने र कला प्रस्तुति गर्ने गरेका छन्।
कार्यक्रममा पुर्ब मन्त्री पदम नारायण चौधरी लहानका मेयर महेश चौधरी, नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष उषा राउत
लहान नगरपालिकाका प्रबक्ता रमेश गौतम वाडा अध्यक्ष राम औतार शर्मा निमित्त प्रमुख प्रसाशकिय अधिकृत शत्रुधन प्रसाद चौधरी लगायत विभिन्न संचार माद्य्ममा आबद्ध दर्जनौं पत्रकारहरु उपस्थिति रहेको थियोे। कार्यक्रमको संचालन नगरपालिकाको बिघय महेश्वरी चौधरीले गरेका छन्।