समाचार

काङ्ग्रेस नेता प्रदिप गिरिको निधन

काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरिको निधन भएको छ ।

गिरिको उपचारको क्रममा आज (शनिबार) नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो ।

सांसद समेत रहेका नेता गिरीको आज राति साँढे ९ बजे निधन भएको अस्पतालका महाप्रवन्धक विजय रिमालले जानकारी दिए ।