समाचार

जनकपुरमा गोली हानी एक जनाको मृत्यु

जनकपुर ६ कार्तिक । जनकपुरमा गोली हानी एक जनाको हत्या भएको छ । जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियमा रहेको विद्युत प्राधिकरणको भवन नजिकै स्थानीय ४० वर्षीय मनोज शाहको गोली हानी हत्या भएको हो ।

स्थानीय पंकज शाहसँग पैसाको कारोबार भएको र पैसा माग्न जाँदा प‌ंकजले मनोजको गोली हानी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले पंकजलाई पक्राउ गरेको छ ।

पक्राउ परेका पंकजको साथबाट प्रहरीले कटुवा पेस्तोल तथा गोली बरामद गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक शाहको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।