प्रदेश २ · समाचार

गोलबजार नगरपालिका ११को वडाअध्यक्षको निधन

सिरहा १८ चैत । सिरहाको गोलबजार नगरपालिका ११ बलकावाका वडाअध्यक्ष रामदेव यादवको निधन भएको छ । मुटुरोगबाट पीडित यादवको आज विहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको गोलबजार नगरपालिकाका सूचना अधिकारी दिनेश सहनीले जानकारी दिएका छन् ।

गत फागुनमा काठमाडौंबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजार आएका बेला बेहोस भएका थिए ।
उनको तीन छोरी र श्रीमती छन् । उनी नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए