प्रदेश २ · समाचार

बुबाको बन्चरो प्रहारबाट छोराको हत्या

सिरहा ११ माघ । सिरहामा घरायसी विवाद हुँदा बुवाले आफ्नै छोरालाई बन्चरो प्रहार गरेर हत्या गरेको छ । जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका–२ पटनामा मंगलवार बिहान ६० वर्षीय सोनाई सदायले बञ्चरो प्रहार गरी आफ्नै ३० वर्षीय छोरा परमेश्वर सदायको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

 

प्रहरीले यस घटनामा बन्चरो प्रहार गर्ने बुवा सोनाई लाई मंगलबार बिहान पक्राउ गरेको छ ।

 

घरायसी वाद विवादको क्रममा सोनाईले आफ्नै छोरालाई बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरी ले जनाएको छ ।

 

मृतककाे शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।

 

यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।