लहान ९ माघ । सिराहाको अर्नमा गाउँपालिकामा १५ शैयाको नयाँ अस्पताल र प्रशासनिक कामकाजका लागि नयाँ प्रशासनिक भवन निर्माण हुनलाग्दा स्थानीयहरु खुशी देखिएको अर्नमा गाउँपालिका अध्यक्ष ठकु महतो कोइरीले बताएका छन।
गाउँमै स्वास्थ्यसेवा उपलब्ध तथा स्वास्थ्य लिने उदेश्यले सो १५ शैयाको अस्पताल निर्माण हुन लागिएको पालिका अध्यक्ष महतो कथन छ।
सो १५ शैया अस्पतालको कुल लागत १६ करोड २५ लाख ९३ हजार १ सय १५ रुपैयाँ रहेको छ , भने निर्माण कम्पनी काठमाडौं अनामनगर १० का रबिना जगदम्बा प्रसंशा जे भी आर्थिक वर्ष ९२०७७र०७८० मा दुई वर्षमा काम सिदध्याउने गरि निर्माण कार्य ठेक्का दिइएको थियोे ।
निर्माण कम्पनी रबिना जगदम्बा प्रसंशा जे भीले हाल २०५ काम पूरा गरेको देखिएको छ।

त्यसैगरी गाउँकार्यपालिका कार्यालयको प्रशासनिक भवनका कुल लागत ७ करोड ६६ लाख ४६ हजार १ सय ६६ रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृषणान्नदन महतो बताएका छन। सो प्रशासनिक भवनका लागि सिराहाको लहान ३ मा रहेको सी एम र बिबिबि र बि एन एस जे भी कम्पनीलाई ३ वर्ष भित्र भवन निर्माण हुनेगरी ठेक्का सम्झौता गरिएको छ।
जुन आर्थिक वर्ष २०७६,७७ मा दिइएको थियोे ।
गाउँमै दुई तल्ले १५ शैयाको अस्पताल बन्दा स्थानीयहरुले खुशी व्यक्त गर्नु स्वभाविक पनि हो । जुन अस्पताल निर्माण भएपश्चात् स्थानीय तथा गाउँलेहरु खुशीखुशी सेवा लिन अभिप्रेरित हुन्छ । अर्नमा लालपुरका एक स्थानीय इन्द्रकुमार महराका अनुसार गाउँमै अस्पताल भएपछि छिटोछरितो सेवा लिन सक्नुहुनेछ , खासगरी गरिब , दलित , असहायलाई विशेष फाइदा हुने बताए ।
शिक्षा , स्वास्थ्य , कृषि , सडक लगायतका क्षेत्रहरुमा विकास गर्न गाउँपालिका ततपर तयार रहेको अध्यक्ष ठकु महतोको कथन छ।
गाउँपालिका भित्र जम्मा ५ वटा वडाहरु रहेको छ। वडा नम्बर १ महनौर , २ ब्रहम्पुरी , ३ अर्नमा लालपुुर , ४ गौरीलक्ष्मीपुर , ५ सितापुर बलुवाटोल रहेको छ।
