काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको सम्पन्न भएको आठौँ महाधिवेशनमा पार्टीको केन्द्रिय सदस्य समितिमा मुस्लिम समुदायलाई पार्टीको विधान बमोजिम समावेश नगराइएको कारण नेपाली जनप्रगतिशील मन्च, कतारको सचिव तथा मुस्लिम मुक्ति मोर्चा को केन्द्रिय सदस्य पद बाट शेख शाहनावाजले राजीनामा दिएका छन।
पार्टी को नियमानुसार ५% मुस्लिम समुदायलाई समावेश गराउनु पर्ने बाध्यता रहे पनि २३६ जनाको समितिमा पूर्व माओवादी बाट हकीकुल्लाह खान र कौसर शाह गरी जम्मा दुइ जनालाई मात्र केन्द्रिय समितिमा राखिएको छ । माओवादी केन्द्रमा मुस्लिम समुदाय बाट राजनीति गरिरहेका अतहर हुसैन फारूकी, रजि हैदर जाकिर हुसैन, मकसूद अली , शेख चाँद तारा, मोहम्मद जलाल मियां , अस्रारुद्दीन खान , जावेद खान जस्ता नेताहरुलाई समेत बाईपास गरिएको प्रति विशेष गरी मुस्लिम समुदायका पार्टी पंक्तिका कार्यकर्ताहरु विरोध जनाई रहेका छन।
पार्टीले समानुपातिक समावेशिताको मुद्दालाई व्यवहारिकरण नगरेको र विशेष गरी मुस्लिम समुदायमा माओवादी पार्टीलाई चिनाउने अमूल्य भूमिका खेलेका हाम्रा अग्रज अभिभावकहरुलाई पार्टीको विधि विधान मिचेर महाधिवेशनमा सिंगों समुदायको नेतृत्वलाई पार्टीले पंगु बनाएको कुराले आज राजीनामा दिन बाध्य भएको शेख शाहनावाज बताए।
