लहान १३ कार्तिक । कलिला उमेरका बालबालिकाको चौतर्फी विकासका लागि घर र गाउँ टोलको वातावरणले शिक्षाले बढी महत्त्व राख्दछन् । स्यहारकर्ता बाटै बच्चालाई घरमै सुरक्षित शिक्षा दिन थाले पछी समाज नै अचम्मित भएका छन्।सप्तरीको सुरुङ्गा नगरपालीकामा सबल नेपाल नौलो शिक्षा नितिलाई समाजलाई निकै उत्साहित गरेका छन्।
पृतिसतात्मक सोचलाई बदल्दै सबल नेपालले नयाँ शिक्षण बिधिको बिकास गरेका छन्।घरमा सुरक्षित सिकाई कार्यक्रम सप्तरीमा प्रभावकारी बन्दै गए पछी अध्ययनरत बालबालिकाहरुमा बानिको बिकास भएको देखिन्छ।
स्कुल पठाउनु भन्दा अगाबै सेहारकर्ताबाटै बालबालिकाहरुलाई माउन्टेश्वरीको नयाँ शिक्षण बिधी अपन्याई आमाबाट नै खेलको माद्य्मले शिक्षा दिन थालेपछी अभिभावकहरु नै चकित भएका हुन।
खासगरी ३ बर्ष देखि ५ बर्ष मुनिका बालबालिकाहरु लाई घरमा राम्रो वातावरणमा हुर्काएमा, उनिहरुको जीवन फेरिनेमा दुईमत नरहला । यस्तै उदाहरण प्रस्तुत गरिरहेका छन्, सप्तरीको सुरुङ्गा नगरपालिकाको आमाहरु ।
नगरपालिकाका वडा नम्बर ७ र ८ का आमाहरुको दैनिकी पहिलेको तुलनामा आज भोली फेरिएको छ । घरको दैनिक काम काज गर्ने त छदैछन, घरको काम काज सँगै उनिहरु आफ्नो बाल बच्चालाई पढाउन लेखाउन घरमै दैनिक करिब ४ घण्टा समय खर्चिरहेका छन् ।
बालविकास जाने उमेर समुह (३ बर्ष देखि ५ बर्ष मुनि) का बालबालिकाहरुलाई आमाहरूले घरमा दैनिक मन्टेश्वरी बिधीमा खेलकुद र चित्रको माध्यमबाट पढाईरहेकी छिन् । बालविकास केन्द्रमा बालबालिकाहरु दैनीक ४ घण्टा पढने त छदैछन् संगै आमाहरूले हरेक दिन २ घण्टा विहान र २ घण्टा साँझ आफ्नो बालबच्चालाई घरमा पढाउने गरेका छन् ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा घरमा सुरक्षीत सिकाई परियोजना मार्फत नगरपालिकाको वडा नम्बर ७ मा पर्ने बसनपट्टी, पोखरीया टोल र ८ को मलहनमा, समसेरपुर टोलका २ सय ३ घरपरिवारका प्रत्येक आमाहरुले मिनि पुस्तकालयको स्थापना गरिएको छन् । सो परियोजना मार्फत प्रत्येक घर परिवारका एक जना आमाहरुलाई मोबाइल समेत प्रदान गरेको छ ।
घरमा आफ्ना बालबालिकाको पठन–पाठानमा सहयोग पुग्ने उदेश्यले मोबाइल दिएको एकजना आमा सुनिता चौधरीले बताईन् । सुरुङ्गा नगरपालिकाको समन्वयमा लक्षित बर्गका घर परिवारको प्रत्येक घरमा (म्याजिक ब्याग) खेलकुद सामग्री देखि शैक्षिक समग्री सहयोग गरेको छ ।
करिब २ बर्ष देखिको कोविड महामारीको कारण बालबालिकाको पढाईमा असर परेको भन्दै आमा र वालबालिकाहरुका लागि घरमा सुरक्षित सिकाई परियोजना ल्याईएको सबल नेपालका परियोजना अधिकृत राधेश्याम रामले बताए ।
साक्षर नभएका आमाहरुका लागि परियोजना मार्फत सुरक्षीत सिकाई बाताबरण मार्फत साक्षर बनाई पठन पाठनको कार्यको लागि अग्रसर गराईरहेको छ । उक्त कार्यक्रम नगरपालिकामा धेरै नै प्रभावकारी भएको सुरुङ्गा नगरपालिकाका मेयर मुक्तिनाथ चौधरी बताए ।
नगरपालिकाको शिक्षा क्षेत्रको विकासका लागि घरमा सुरक्षीत सिकाई परियोजनाले धेरै नै सकारात्मक सहयोग गरेको मेयर चौधरीको भनाई छ ।
परियोजना संचालन भएको दिन देखि बालमैत्री नगरपालिका घोषणा गर्न नगरपालिकाले पनि बजेट , नीति तथा कार्यक्रमहरुमा आमा र बालबालिका समेटने गरेको छ ।
बालमैत्री पालिका बनाउन हरेक बर्ष वडा स्तरीय र नगरस्तरीय कार्यक्रममा बजेट बिनियोजन गरी कार्यन्वन गरिरहेको छ ।
