प्रदेश २ · राजनीतिक · समाचार

महन्त पक्षका पूर्व राज्यमन्त्री मण्डल र जनकपुरधामका मेयर साह उपेन्द्र नेतृत्वको जसपा बैठकमा

काठमाडौंको कालिकास्थानमा आजदेखि दुई दिनका लागि बसेको जसपा केन्द्रीय समिति बैठकमा पूर्व राजपा नेपालबाट निर्वाचित प्रदेश सांसद मण्डल र मेयर साह सहभागि भएका हुन् । ठाकुर पक्षमा खुलेको भन्दै दुई महिना अघि मण्डलको उद्योगा पर्यटन वन तथा वातावरण राज्यमन्त्री राज्यमन्त्री पद लालबाबु राउतले खोसेका थिए । तर आजको बैठकमा उनी उपेन्द्र यादव नेतृत्वको जसपामै खुलेका हुन् ।

मण्डल प्रतिनिधिसभा सदस्य राजकिशोर यादव निकट मानिन्छ । जसपा कार्यकारिणी सदस्य राजकिशोर पार्टी आधिकारितका विवादमा निर्वाचन आयोगमा उपेन्द्र पक्षमा हस्ताक्षर गरेका थिए ।
सोहि कारण प्रदेश सांसद मण्डल पनि कित्ता परिवर्तन गरी उपेन्द्र नेतृत्वको जसपमा लागेको बुझिएको छ ।

यस्तै राजपा नेपालबाटै निर्वाचित जनकपुरधामका मेयर लालकिशोर राजेन्द्र महतो निकट थिए । पछिल्लो समय केहि विषयमा राजेन्द्र महतोसंग उनको सम्बन्ध राम्रो नरहेका कारण कित्ता परिवर्तन गरी उपेन्द्र नेतृत्वको जसपामा लागेको बुझिएको छ ।