राधेश्याम राम , १० असोज राजविराज सप्तरी सप्तरी जिल्लाका सुदुरपश्चिमी क्षेत्रमा रहेका सुरुङ्गा नगरपालिकाको विभिन्न स्थानमा प्रहरीले छापामारी शुक्रवार विहान अवैध लोकल रक्सी बरामद गरी नष्ट गरेका छन ।
ईलाका प्रहरी कार्र्यालय कडरबोनाका प्रहरी निरिक्षक राम राज केशरीको कमान्डमा खटिएका संयुक्त प्रहरीको टोलीले सुरङ्गा नगरपालिकाको वडा नं ५को कुशहा बजार बाट ४ वटा, वडा नं. ४को कदमाहा बाट २ वटा र लक्ष्मीपुर कनकपुर बाट २ वटा गरी जम्मा ८ वटा लोकल रक्सी उत्पादन गर्ने रक्की भठीमा छापामारी गरी करिव ५०० लिटर भन्दा वढी तयारी भएको रक्सी स्थानिय जनप्रतिनिधी र वुद्धिजिवीहरुको रोहवरमा नष्ट गरेका छन भने हजारौ मुल्य बरावरको रक्सी उत्पादन गर्ने ४ वटा मेसिन, भाडाकुडाहरु समेत बरामद गरी फुटाएका छन भने ४ वटा मेसिन ईलाका प्रहरी कार्यालय कडरबोनामा राखिएको जानकारी गराउनु भएको छ ।
सुरुङ्गा नगरपालिकाले बालमैत्री नगरपालिका बनाउनकालागि प्रहरी र समुदाय संग साझोदारी गरी विभिन्न जनचेतनामुलक र सचेतनामुलक कार्यक्रम गरिरहेको अवस्थामा युवा सिंघ्म प्रहरी निरिक्षक रामराजा केशरीले दिनरात सक्रियतापुर्वक ईलाका क्षेत्रलाई लागुऔषध, सुर्तीजन्य तथा मादक पदार्थमुक्त र सुरक्षित समाज निर्माणका लागि कार्यगरिरहेको अवस्थामा पहिलो पटक अवैध रक्सी उत्पादन गर्ने तथा बेच्ने व्यवसायीहरु चेतावनी दिईरहेका छौ र पुनः दोहराउने व्यवसायीहरुलाई प्रक्राउगरी प्रचलित कानुन अनुसार मुद्धा चलाउने समेत वताउनु भएको छ ।