समाचार

संसदको चालू अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौं– सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते सुरु भएको थियो ।