गुणस्तरीय खोप सेवा सञ्चालन सम्बन्धि कार्यक्रम सम्पन्न
नेपाल पोस्ट दैनिक
February 13, 2021
मा प्रकाशित
Spread the love
विसुन देव सरदार रेडियो सौगात लहान , २९ माघ। जिल्ला स्वास्थ्य कार्यालय खोटाङको आयोजनामा गुणस्तरीय खोप सेवा सञ्चालन गर्न खोप कार्यकर्ता स्वास्थ्यकर्मीहरुलाई ४ दिने आधारभूत तालिम सम्पन्न भएको छ।
आर्थिक वर्ष २०७७ / २०७८ लाई लक्ष्यित गरी उक्त कार्यक्रम सञ्चालन गरेका थिए। उक्त कार्यक्रम माघ २४ गतेदेखि माघ २७ गतेसम्म खोटाङ बजारमा भएका थिए।
कार्यक्रममा खोप के हो? खोपले कसरी काम गर्छ? खोपबाट मानिस किन डराउँछ ? बारे कार्यक्रम भएको स्वास्थ्य चौकीका अ. हे. व. राजेश दासले बताए ।