विसुन देव सरदार लहान , २२ माघ। राष्ट्रिय जनता पार्टी नेपाल निकटका संगठन राष्ट्रिय विद्यार्थी संघ सिरहाका संतोष कुमार यादवले भने अब सडकमा नाटक होइन पार्टी एकताको पक्षमा बहस चलाउनु पर्छ। विद्यार्थी युवा नेता यादवले राष्ट्रिय विद्यार्थी संघ पार्टीका कार्यकर्तालाई अहवान गरेका छन।
नेता यादवले भने दश वर्ष जनयुद्धमा हजारौंको बलिदानीले प्रचण्डको परिवार नातागोता सबैलाई राज्यसतामा पुर्याउन मात्र भएको हो। अब फेरी हिंसात्मक आन्दोलन हुन्छ भन्नू दिवा स्वपन मात्र भएको तर्क गरेका छन। अन्तयमा नेता यादवले आवधिक निर्वाचनको अवधारणा नै अध्याबधिक सरकार हो।
पुँजीवाद विरुद्ध र समाजवाद स्थापना गर्नुलाई जनतालाई तयार हुनु पर्छ। यो सँगै संविधानको मुलमार्गको साथैं जनताको चहना पनि यही हो भन्दै रोडमा नाटक होइन एकताको बहस चलाउनु पर्छ।