स्वास्थ्य-जीवनशैली

जानिराखौ रायोको साग खानुमा छ फाईदै फाईदा

रायो सागलाई एक प्रकारको हरीयो सागको रुपमा लिने गरीन्छ । यसमा विभिन्न प्रकारका भिटामिन र क्यालसियमहरु पाईन्छ । जानी राखौ यसले हाम्रो शरीरमा कुन
रुपमा फाईदा गर्दछ …..

-जोर्नी र हड्डी बलियो बनाउँदछ ।
हड्डी खिइने समस्या भएकाहरूका लागि रायोको साग लाभदायक मानिन्छ । भिटामिन के ले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्नुका साथै यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रम पनि रोक्छ ।

-महिनावारीमा राहत दिन्छ

रायोको सागमा पाइने भिटामिन–के ले महिनावारीका बेला जीउ दुख्ने समस्याबाट राहत दिन्छ ।

-स्मरणशक्ति बढाउँछ
प्रतिदिन तीन पटक रायोको साग खाएर स्मरणशक्तिमा आउने ह्रासको समस्यालाई ४० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अनुसन्धानले देखाएका छन् ।

-आँखा तेजिलो बनाउँछ

रायोको सागमा भिटामिन ए पाइन्छ । यसले रतन्धोलगायत आँखाका सम्पूर्ण समस्याबाट राहत दिलाउँछ ।

-मुटु सम्बन्धित रोग लाग्नबाट बचाउछ ।

मुटु सम्बन्धी हरेक खालका समस्या भएकाले अथवा मुटु सम्बन्धी रोग लाग्न नदिन रायोको साग खानुपर्छ ।

-क्यान्सरबाट जोगाउँछ

रायोको सागमा पाइने भिटामिन केले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुखको क्यान्सर लाग्ने जोखिम कम गर्छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।