• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आन्दोलनको विकल्प छैनः नेता पोखरेल

नेपाल पोस्ट दैनिक
    January 4, 2021  मा प्रकाशित

Spread the love
      

सिरहा, २० पुस । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री के.पी.ओलीले गरेको संसद् विघटन असंवैधानिक रहेकोले आन्दोलनको विकल्प नरहेको वताउनुभयो ।

आज सिरहाको धनगढीमाई नगरपालिकाले आयोजना गरेको नगरस्तरीय अगुवा भेलामा सम्बोधन गर्नुहुँदै नेता पोखरेलले संसद् विघटन गर्नु अगाडि अहिलेको संविधानमा थुप्रै चरण हुँदाहुँदै पनि संसद विघटन गर्नु घोर असंवैधानिक कदम भएकोले यसको विरुद्ध लाग्न सबैलाई अपिल गर्नुभयो । जनताको अपार मतलाई लात हान्दै के.पी.ओ.लीले संघीयता नै धरापमा पर्ने गरी असंवैधानिक तरिकाले चालेको कदमको विरुद्ध आ आफ्नो ठाउँमा आन्दोलनमा लाग्नुको विकल्प नरहेको वताउनुभयो ।

उहाँले के.पी.ओलीले गरेको असंवैधानिक कदमको विरुद्ध अन्य राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी सबै एकै ठाउँमा रहेकोले आन्दोलनकै भरमा संसद् पुनस्र्थापना हुने समेत वताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले के.पी.ओलीको असंवैधानिक कदमको विरुद्धको आन्दोलनसँगै प्रदेश नं. २ ले आउँदो २५ गते सिरहाको कर्जन्हामा किसान नेता जयगोविन्द साहको स्मृति भव्य रुपले मनाउने निर्णय भएकोले स्मृति सभामा भाग लिन समेत सबैमा अपिल गर्नुभयो ।

आयोजित कार्यक्रममा नगरप्रमुख चौधरीले उत्तरवहादुर मगरको नेतृत्वमा दुई सय ५१ जना नगरस्तरीय जनपरिचालन समिति प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्तावलाई ध्वनी मतले पारित भएको थियो । आज पारित भएको दुई सय एकाउन्न जनपरिचालन समितिमा १४ वटा वडा रहेको धनगढीमाई नगरपालिकामा प्रत्येक वडामा १५ जना सदस्य चयन हुनेछ । अन्य सदस्यहरुमा जिल्ला कमिटीका सदस्य, जनवर्गीय संगठन सदस्य, नागरिक समाजको समेत सहभागिता रहने गरी छनोट हुने आयोजकले जनाएको छ ।

उत्तरवर्ती अति रमणीय स्थल धनगढीमाई नगरपालिकाको १३ नंं. वडास्थित दुर्विन डाँडामा संचालित कार्यक्रममा केन्द्रीय सदस्य, प्रदेश सभा सदस्य, जिल्ला सदस्य एवम् नगरपालिकाका अगुवा नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑